आन्तरिक लेखापरीक्षणको सन्दर्भमा


आन्तरिक लेखापरीक्षण E-learning Platform आन्तरिक लेखापरीक्षण कार्यमा संलग्न रहने कर्मचारीहरुलाई आन्तरिक लेखापरीक्षण गर्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १ नम्वर प्रदेश सरकार, प्रदेश लेखा नियन्त्रक कार्यालय, बिराटनगरले प्रस्तुत गरेको तालिम जन्य विद्युतीय पाठ्य साम्रगी हो । यो आन्तरिक लेखापरीक्षण E-learning Platform प्रदेश लेखा नियन्त्रक कार्यालय, बिराटनगरको विद्युतीय तथा  आधुनिक तकनिकी प्रयोग गरी प्रस्तुत गरिएको आन्तरिक लेखापरीक्षण सम्वन्धी तालिमको एउटा आधुनिक र नौलो प्रस्तुती हो । Provincial Support Program को आर्थिक तथा प्राविधिक सहयोगमा Young Innovation प्रा.लि. ले तयार पारेको यो सामग्री प्रदेश नं. १ अन्तर्गत प्रदेश लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा इकाईमा काम गर्ने आन्तरिक लेखापरीक्षण कार्यमा संलग्न कर्मचारीहरुलाई सहयोगी, उपयोगी र उपलव्धिमूलक हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

आन्तरिक लेखापरीक्षणले संस्थाको व्यवस्थापन तथा लागु भएका प्रणालीहरूको प्रभावकारीताको गुणस्तर मापन गर्ने, संस्थाले पालना गर्नु पर्ने ऐन, नियम तथा कानुन पालना भए नभएको जाँच गर्ने, संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सञ्चालनमा कुनै समस्या भए पत्ता लगाउने र समस्याहरूको समाधान तथा सुधारको लागि आवश्यक सुझाव दिई समयमै सुधारोन्मुख बनाई सुशासन कायम गर्न सहयोग पुर्‍याउँदछ । यो पाठ्यक्रमले आन्तरिक लेखा परीक्षण समूहलाई लेखापरीक्षण सम्बन्धमा आवश्यक यस्ता बिषयको जानकारी दिनु यस पाठ्यक्रमको उद्देश्य रहेको छ । यो पाठ्यक्रम पुरा गर्नका लागि करीव २० घण्टा लाग्ने अनुमान गरिएकोछ ।

प्रदेश सरकार अन्तर्गतका सबै कार्यालयहरुको आर्थिक कारोवारको नियमितता, कार्यदक्षता, मितव्ययिता र प्रभावकारीताका आधारमा आन्तरिक लेखापरिक्षण गरी आर्थिक प्रशासन सम्बन्धी कानूनी व्यवस्थाहरु पालना गरी/गराई वित्तीय अनुशासन कायम राख्न यस पाठ्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएकोछ । कुनै पनि तालिम वा पाठ्क्रम आफैमा पूर्णरुपमा सक्षम वा सवल नहुन सक्छ । यो पाठ्यक्रम पनि अपवादको रुपमा रहन सक्दैन । यो पाठ्यक्रमले मूलतः मार्ग निर्देश र दिशावोध गर्ने र सक्षमता तथा दक्षता अभिवृद्धि गर्न भने सहभागी अफैले चासो राखी यस विषयसंग सम्वन्धित ऐन, नियम, निर्देशन तथा परिपत्रहरु अध्ययन मनन् गरी आफ्नो दक्षता र सीप अभिवृद्धि गर्दै आफुलाई सक्षम र सवल बनाउन प्रयत्न गर्न भने पछि हट्नु हुदैन ।

आफ्नै गतिमा आफू अनुकूल परिस्थिति र समयमा अध्ययन गर्न सकिने भएबाट सहभागीहरुले आफ्नो व्यस्त कार्यतालिका वीच पनि सहज र सरल रुपमा यस पाठ्यक्रमबाट लाभान्वित हुन सक्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । इन्टरनेट सुविधा भएको स्थानमा सहभागीहरुको यो पाठ्यक्रम प्रति सहज पहुँच हुने गर्दछ ।

यस पाठ्यक्रमलाई अध्ययन गर्न सजिलो होस भन्ने हेतुले आठ भागमा विभाजन गरिएकोछ । पहिलो भागमा आन्तरिक लेखापरीक्षणको वारेमा उल्लेख गरिएको छ । यस परिच्छेदमा आन्तरिक लेखापरीक्षणको सामान्य परिचय, आन्तरिक लेखापरीक्षणको उद्देश्य, आन्तरिक लेखापरीक्षणको क्षेत्रको सैद्धान्तिक ज्ञान दिलाउनुका साथै आन्तरिक लेखापरीक्षणको योजना बनाउने, आन्तरिक लेखापरीक्षणको पूर्व तयारी गर्ने, संभावित जोखिमको पूर्वानुमान गर्ने वारेमा सहभागीहरुले जानकारी हासिल गर्नेछन् । आन्तरिक लेखापरीक्षण गर्दा कस्ता विधि अपनाउने, आन्तरिक लेखापरीक्षण गर्दा धयान दिनुपर्ने बुंदाहरुको वारेमा जानकारी हासिल गर्नुका साथै परीक्षण सूची तयार पार्ने र आन्तरिक लेखापरीक्षण प्रतिवेदन तयार पार्ने सम्वन्धी ज्ञान हासिल गर्नेछन् ।

यस पाठ्यक्रमको दोस्रो खण्डमा विनियोजनको आन्तरिक लेखापरीक्षणको वारेमा जानकारी गराइनुका साथै विनियोजन लेखाका सन्दर्भमा संभावित जोखिमहरुको वारेमा जानकारी गराइन्छ । चालु खर्च र पूँजीगत खर्च तर्पmका विभिन्न खर्च संकेतहरुको आन्तरिक लेखापरीक्षण गर्दा ध्यान दिनुपर्ने कुराहरुको वारेमा जानकारी गराइनु का साथै पूँजीगत खर्च तर्पm व्यवहारिक उदाहरण सहित विभिन्न जानकारी तथा ज्ञान दिलाइने छ । यसमा सहभागीहरुलाई रोचकताका साथै व्यवहारिक ज्ञान दिनका लागि भिडियो पनि प्रस्तुत गरिएको छ । विभिन्न खर्च शीर्षमा आउन सक्ने संभावित जोखिमका वारेमा ज्ञान दिलाइनेछ ।

यस पाठ्यक्रमको तेस्रो खण्डमा विनियोजन लेखामा प्रयोग गरिने विभिन्न फारामहरुको वारेमा जानकारी दिलाउनुका साथै विनियोजन लेखामा प्रयोग हुने विभिन्न फारामहरुको लेखा परीक्षण गर्दा आउन सक्ने जोखिमहरु तथा त्यसको लेखापरीक्षण गर्दा ध्यान दिनु पर्ने र हेर्नु पर्ने कुराहरुको वारेमा विभिन्न ज्ञान र सीप सिकाइने छ ।

यस पाठ्यक्रमको चौथो खण्डमा सार्वजनिक खरिद सम्वन्धी आन्तरिक लेखापरीक्षणको सन्दर्भमा विस्तृत ज्ञान दिलाइने छ । सार्वजनिक खरिदको परिचयका साथै यसका विभिन्न चरणका वारेमा ज्ञान दिलाउनुका साथै सार्वजनिक खरिद सम्वन्धी लेखापरीक्षण गर्दा के के कुराहरु हेर्ने भन्ने ज्ञानका साथै यसको लेखापरीक्षण गर्दा के के कुराहरुमा विचार गर्नुका साथै ध्यान दिनु पर्छ भन्ने सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउनुका साथै यसको आन्तरिक लेखा परीक्षण गर्दा के के कुराहरुमा ध्यान दिनु पर्छ भन्ने वारेमा ज्ञान दिलाइने छ ।

यस पाठ्यक्रमको पाँचौ खण्डमा जिन्सीको आन्तरिक लेखापरीक्षणको सन्दर्भ प्रस्तुत गरिएको छ । जिन्सीको लेखापरीक्षणमा प्रयोग हुने विभिन्न फारामको वारेमा जानकारी दिलाउनुका साथै जिन्सीको आन्तरिक लेखापरीक्षण गर्दा देखिने सम्भावित जोखिमका वारेमा ज्ञान दिलाउनु का साथै जिन्सीको आन्तरिक लेखापरीक्षण ध्यान दिनु पर्ने कुराहरुको व्यवहारिक ज्ञान दिलाइने छ ।

यस पाठ्यक्रमको छैटौं खण्डमा राजश्वको आन्तरिक लेखापरीक्षणको सन्दर्भ प्रस्तुत गरिएको छ । यसमा राजश्वमा प्रयोग हुने विभिन्न फारामहरु र त्यसको लेखापरीक्षण गर्दा ध्यान दिनु पर्ने विषयमा ज्ञान दिलाइने छ । राजश्वको आन्तरिक लेखापरीक्षण गर्दा आउने सम्भावित जोखिमका वारेमा ज्ञान दिलाउनुका साथै राजश्वको आन्तरिक लेखापरीक्षण गर्दा हेर्नु पर्ने विषयका वारेमा जानकारी दिलाइने छ ।  

यस पाठ्यक्रमको सातौं खण्डमा धरौटीको आन्तरिक लेखापरीक्षणको सन्दर्भ प्रस्तुत गरिएको छ । धरौटीको आन्तरिक लेखापरीक्षण गर्दा पाइने सम्भावित जोखिमका वारेमा ज्ञान दिलाउनुका साथै धरौटीको आन्तरिक लेखापरीक्षण गर्दा ध्यान दिनु पर्ने विषयका वारेमा ज्ञान दिलाइने छ । 

यस पाठ्यक्रमको आठौं खण्डमा अन्य विविध आन्तरिक लेखापरीक्षण जस्तै एकल खाता कोष प्रणली अन्तर्गत लेखापरीक्षण, कार्य सञ्चालन कोषको आन्तरिक लेखापरीक्षण वैदेशिक सहायता समावेश भएका आयेजनाहरुको आन्तरिक लेखापरीक्षण तथा वित्तीय हस्तान्तरण सम्वन्धी आन्तरिक लेखापरीक्षणको सन्दर्भ प्रस्तुत गरिएको छ । यी विविध आन्तरिक लेखापरीक्षणको सन्दर्भमा जानकारी दिलाउनुका साथै तिनीहरुको लेखापरीक्षणको सन्दर्भमा देखिन सक्ने जोखिमको वारेमा जानकारी दिलाउनुका साथै तिनीहरको लेखापरीक्षण गर्दा ध्यान दिनु पर्ने कुराहरुको वारेमा ज्ञान दिइनेछ ।